Skip This
घुसको आरोपपछि सर्टिफिकेट इक्युभ्यालेन्ट शाखाका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Monday, 15 September, 2025
मुख्य समाचार डिजिटल संस्करण

घुसको आरोपपछि सर्टिफिकेट इक्युभ्यालेन्ट शाखाका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १७:१३:oo

सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले समकक्षता शाखामा कार्यरत कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा बिचौलिया प्रयोग गरेर घुस लिएको प्रश्न उठेपछि केन्द्रले सो शाखामा कार्यरत एक अधिकृतलाई छानबिन नसकिँदासम्म जिम्मेवारीबाट हटाएको हो।

केन्द्रका निर्देशक तथा सूचना अधिकारी बासुदेव वस्तीका अनुसार आशंकाका आधारमा कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको हो। ‘संसदमा उठाएको प्रश्न आफैँमा गम्भीर छ। हामीले सोधपुछ र छानबिन गरिरहेका छौँ, आशंकामा एक कर्मचारीलाई हटाएका छौँ,’ उनले भने, ‘तर सेवाग्राहीले उठाएका केही सवालहरू हाम्रो सिस्टम हेर्दा मिलेको देखिँदैन।’

उनले सेवाग्राहीले ३ बजेसम्म पनि काम नभएको भन्ने कुरा झुटो रहेकोसमेत दाबी गरेका छन्। सोमबार आफूहरूले सिस्टममा हेर्दा ती सेवाग्राहीले बिहीबार दिउँसो ३ः२४ मा कक्षा १० र १२ को इक्युभ्यालेन्ट लिएको देखिएको छ। तर, पैसा कसलाई दिए भन्ने कुरा खुलेको छैन। कर्मचारीले अप्रत्यक्ष रूपमा घुस खाएको हुन सक्ने आशंका भने गरिएको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो घटनामा छानबिनका लागि तीनसदस्यीय छानबिन समिति गठन गरेको छ। सोमबार मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक सातामा छानबिन टुंग्याउने गरी समिति गठन गरेको हो।

जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले आइतबार प्रतिनिधिसभामा बोल्दै आफ्नो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा पाँच हजार घुस खुवाउनुपरेको बताएका थिए।

त्यसलगत्तै, शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको हो भने केन्द्रले कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो।