१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ४ शुक्रबार
  • Thursday, 03 July, 2025
रासस काठमाडाैं
२o८१ श्रावण ४ शुक्रबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
रासस, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ४ शुक्रबार ११:२o:oo

अविरल वर्षापछि आएको पहिराेले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागारनजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका– ३ ताप्रीसेरा, बडिमालिका नगरपालिका– ४ रिला र बडिमालिका–९ कारागारनजिकै पहिरो गएको बताए । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधनकाे आवतजावत ठप्प भएकाे छ । सवारीसाधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ। जिल्लामा वर्षा भइरहेको छ। यस्तै, जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।

बडिमालिका नगरपालिका– ७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।