ओलीको अधिकांश नियमित भेटघाट पार्टी कार्यालयबाटै

मंगलबार, १२ असार, २०८१
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीको अधिकांश नियमित भेटवार्ता पार्टी केन्द्रीय कार्यालयबाटै हुन थालेको छ । निजीनिवास बालकोट, भक्तपुरमा बाक्लै भिड लाग्ने गरेकाले नियमित भेटघाटलाई व्यवस्थित बनाउन ओलीको सचिवालयले अधिकांश नियमित भेटवार्तालाई कार्यालयबाटै व्यवस्थापन गर्न थालेको हो ।

जेठ तेस्रो सातायता फुर्सद हुनेबित्तिकै ओली ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालय आउने र नेता–कार्यकर्तासँग भेटघाट गर्न थालेका छन् । तीन सातायता ओलीको अत्यावश्यक भेटघाट मात्र सचिवालयले बालकोटस्थित निजीनिवासमा व्यवस्थापन गर्दै आएको छ । 

See More On

सुझावित समाचार