मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Friday, 14 August, 2026
२o८१ जेठ १२ शनिबार १३:o६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीको नीति तथा कार्यक्रम जेठ १४ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १३:o६:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १४ जेठमा बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।

सचिव खड्काका अनुसार उक्त दिन प्रदेश सभा बैठक ३ बजे बस्ने कार्यतालिका रहेको छ। प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक ०८१/८२ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुन गर्ने तयारी गरेको हो।

सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा आउँदो असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को अनुमानित बजेट ल्याउनेछ।