सहकारीको नाम लेख्न सकिन्छ, छानबिनअगावै व्यक्तिलाई दोषी करार गर्नु ठीक होइन : मन्त्री गिरी

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण
सहकारीको नाम लेख्न सकिन्छ, छानबिनअगावै व्यक्तिलाई दोषी करार गर्नु ठीक होइन : मन्त्री गिरी

फाइल तस्बिर

कानुनमन्त्री पदम गिरीले सहकारी ठगी प्रकरणमा छानबिनअघि नै व्यक्तिलाई दोषी करार गर्नु न्यायसंगत नहुने बताएका छन्।

विवादमा आएका सहकारीको नाम तोकेर छानबिन समिति गठन गर्न सकिने भए पनि व्यक्तिकै नाम किटान गर्न नमिल्ने उनको भनाइ छ। संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित समितिको बैठकबाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘गृहमन्त्रीज्यूसँग जोडिएका सूर्यदर्शन सहकारीलगायतको नाम आएको छ। ती सहकारीको नाम लेखेर जाने कुरामा कुनै विवाद छैन, एमाले नेतासमेत रहेका मन्त्री गिरीले भने, ‘तर, रवि लामिछाने गृहमन्त्रीले नै अपचलन गर्नुभयो। त्यसकारण छानबिन समिति बनाउनुपर्याे वा उहाँमाथि नै छानबिन गर्नका लागि समिति बनाउनुपर्ने भनेको हो जस्तो भाष्य निर्माण गर्न खोजिएको छ, त्यो तरिका अलि ठीक भएन।’

सञ्चारमाध्यममा नाम आएकै भरमा व्यक्तिको नाम किटान गर्दा गलत परम्परा स्थापित हुने भन्दै उनले कुनै व्यक्ति दोषी हो वा होइन भन्ने कुरा छानबिनपछि मात्रै स्पष्ट हुने बताए।
 

सुझावित समाचार