१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:५६:oo

नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकतको विषयलाई लिएर तालाबन्दी गरेको हो।

गत साता हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत एक साता नहुँदै सरुवा भएपछि एमालेले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। गत वैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा हाजिर भएका जीवन पुनमगर एक साता नबित्दै सरुवा भएपछि एमाले निसीखोलाले आन्दोलनस्वरूप तालाबन्दी गरेको हो।

यसअघि दुईजना प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुख सूर्यबहादुर घर्तीले हाजिरै गर्न नदिई फिर्ता पठाएका थिए। निसीखोलाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका ध्रुव रिजाल र चूर्णबहादुर कार्कीलाई हाजिर नै नगराई फर्काइएपछि गाउँपालिका निमित्तको भरमा चलिरहेको छ।

प्रसासकीय अधिकृत पुनको वैशाख १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भएको छ।

‘पटक-पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रकट गरेको छ,’ एमाले निसीखोलाका अध्यक्ष भूमिराज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निमित्तको भरमा पालिका चलाउने सीमित जनप्रतिनिधि र केही कर्मचारीको मिलेमतोमा गरिएको क्रियाकलापको भण्डाफोर गर्न तालाबन्दीसँगै धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तीले बताए।

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने कार्य तत्काल सच्याउँदै स्थानीय सरकार मर्यादित रूपमा सञ्चालन गर्न गरिएको आग्रह बेवास्ता गरे। आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने एमाले निसीखोलाले चेतावनी दिएको छ। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने घर्तीले जानकारी दिए।
 

ad
ad