१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आफ्नै छोराको हत्या अभियोगमा आमाविरुद्ध कर्तव्य ज्यान मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३o:oo

पतिसँग सम्बन्धविच्छेद गरी लहानस्थित डेरामा बस्दै आएकी सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ की एक महिलाविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको अभियोगमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । पतिसँग सम्बन्धविच्छेद गरी पछिल्लो एक वर्षदेखि लहान नगरपालिका– १ मा डेरा गरी बस्दै आएकी करिब ३४ वर्षीया सरिताकुमारी साहलाई उनीसँगै रहेका एक्लो छोरा करिब पाँच वर्षीय आयुष साहको हत्या गरेको अभियोगमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

यसरी गरिन् आफ्नै छोराको हत्या 
डेरानजिकका साथीहरूसँग खेल्ने गरेका आयुष ११ वैशाखको बिहानैदेखि साँझसम्म घरबाहिर नदेखिएपछि छिमेकीहरूले सरितासँग उनको बारेमा सोधखोज गरेका थिए । सोधखोज गर्ने क्रममा सरिताले छोराको विषयमा ‘हरायो होला, मलाई पनि थाहा छैन’ भन्दै डेराबाट हिँड्न लागेपछि स्थानीयले तत्काल लहान प्रहरी चौकीमा खबर गरेको छिमेकीहरूले बताए ।

नाबालक हराएको स्थानीयको सूचनापछि तत्काल इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको संयुक्त टोलीले साँझ करिब साढे ५ बजेतिर डेराको खातलासी गर्दा सरिता सुत्ने कोठाको बक्स पलङको घर्राभित्र तन्नामा बेरेको अवस्थामा आयुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । त्यसपछि प्रहरीले सरितालाई तत्काल नियन्त्रणमा लिई घटनास्थल लासजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धानपछि नाबालक आयुषको शव लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । 

उनका अनुसार सरिताविरुद्ध त्यही दिनदेखि लागू हुने गरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा पहिलोपटक सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको छ ।
 

ad
ad