१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

चुनावी र्‍यालीमा भाजपामन्त्री गडकरी बेहोस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५८:oo

चुनावी र्‍यालीमा सम्बोधन गर्दै गर्दा भारतका सडकमन्त्री नितिन गडकरी बेहोस भएका छन् । सडकमन्त्री गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएका थिए । त्यहाँ उनी निर्वाचनको प्रचारप्रसारमा सरिक थिए ।

घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकले उनलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखिन्छ । पछि गडकरीले सामाजिक सञ्जाल एक्समा स्पष्टीकरण दिँदै लेखेका छन्, ‘र्‍यालीका क्रममा गर्मीका कारण मलाई असहज महसुस भयो, तर अहिले म पूर्ण स्वस्थ छु ।’ उनले आफ्नो चुनावी प्रचार अभियान अघि बढाएको जानकारी दिएका छन् ।

यो साता एसियाका धेरै मुलुक चर्को तापक्रमसँग संघर्ष गरिरहँदा भारतको मौसम ब्युरोले यसअघि नै मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो । भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनसम्म देशका पूर्वी र दक्षिणी भेगका नौ राज्यमा भीषण गर्मीको अवस्था जारी रहने चेतावनी दिएको छ । ‘लुदेखि लिएर गम्भीर लुको अवस्था प्रबल हुने सम्भावना छ, केही स्थानमा पहिलादेखि नै तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ,’ विभागले विज्ञप्तिमा जनाएको छ । 

ad
ad