१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वीर गणेशमान सिंह राष्ट्रिय टी–२० : लगातार चौथो खेलमा बागमती विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५६:oo

बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । बागमती मंगलबार कर्णालीमाथि सात विकेटकोे फराकिलो अन्तरले जित निकालेको हो । पहिलो ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा सवै विकेट गुमाएर एक सय २० रन बनाएको थियो । 

बागमतीका लागि गौतम केसीले पाँच विकेट लिए । उनले ३.४ ओभरमा १८ रन खर्चेका थिए । कर्णालीका लागी विपिन शाहीले ५१ रन बनाएका थिए । बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै जित निकाल्यो । कप्तान रित गौतमले सर्वाधिक ३३ रन जोडे । शुभ कंशाकार र ईशान पाण्डेले समान २८ रन बनाए । 

अर्को खेलमा मधेशले कोशीलाई दुई विकेटले हरायो । जितसँगै पाँच खेलबाट ६ अंक बटुलेको मधेश तेस्रो स्थानमा छ । चार खेल गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ । कोशीले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाएको थियो । समीर कार्कीले २८ रन र सर्वन यादवले २७ रन जोडे । 

कसिलो बलिङ प्रदर्शन 
गरेको मधेशका विशाल पटेल, अभिषेक तिवारी, रञ्जित कुमार र प्रदीप पासवानले समान २ विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो खेलमा गण्डकी र कर्णालीबीच हुनेछ । दोस्रो खेलमा लुम्बिनीले सुदूरपश्चिमको सामना गर्नेछ । 

ad
ad