झापाको शिवसताक्षी– ८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे.३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जिप एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिपचालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।