१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ह्वासिन सिमेन्टको साढे ६ अर्ब थप लगानी स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१६:oo

लगानी बोर्ड नेपाल (आइबिएन)ले ह्वासिन सिमेन्टको साढे ६ अर्ब रुपैयाँ थप लगानी स्वीकृत गरेको छ । त्यस्तै, बोर्डले डाबर नेपालको साढे नौ अर्ब पुनर्लगानीका लागि वार्ता समितिसमेत गठन गरेको छ । 

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको ५८औँ बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको हो ।

त्यस्तै, बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि नौ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । प्रस्तावअनुसार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

बोर्डको ५८औँ बैठक वैशाख १६–१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची स्वीकृति गरेको छ । बोर्डले सम्मेलनमा एक सय ४८ परियोजना लैजाने तयारी गरेको छ । 

बैठकमा प्रधानमन्त्रीले सम्मेलनलाई नतिजामुखी बनाउन निर्देशन दिए । ‘सम्मेलन औपचारिकतामा मात्र नहोस् र प्रस्तुत गरिने परियोजनासमेत इच्छासूचीका रूपमा मात्र नहून्,’ उनले भने, ‘सम्मेलनलाई नतिजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपुँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूले इकाइ नै बनाएर अगाडि बढ्नुपर्छ ।’ 

ad
ad