मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ६ बिहीबार
  • Friday, 14 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख ६ बिहीबार १५:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख ६ बिहीबार १५:o७:oo

चालू आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। 

चालू आवमा रु. पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु. आठ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।  

पछिल्लो समय मानिसहरूको आवतजावत बढिरहेको उनको भनाइ छ। उनले यस भन्सार नाकामा पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए।