१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:३o:oo

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर  ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको तथ्यांकअनुसार रोजगारमा रहेका अस्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा ६ हजार ६ सयले घटेको छ भने  बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्युज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अस्ट्रेलियाका अखबारहरूले जनाएका छन्। 

जनवरी र फेब्रुअरीको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको संख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो।
एबिएसले फेब्रुअरी र मार्चको बीचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको संख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालिक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ।

जागिर गुमाए पनि अस्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो।

एबिएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्बिसले सहभागिता दर पूर्व–महामारीको स्तरभन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए। 

सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ। (रासस/सिन्ह्वा)

ad
ad