१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकको लगानीकर्तालक्षित बचत खाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४o:oo

महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । सेयर लगानीकर्तालाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ यो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आस्बा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्ने बताइएको छ । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आस्बा दर्ता गर्न पनि शुल्क लाग्नेछैन । टिएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीसँग आवश्यक सहकार्यसमेत बैंक स्वयंले नै गर्ने जनाएको छ । 

यसबाट सेयर लगानीकर्ताको स्टक ब्रोकर कम्पनीसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ । 

ad
ad