१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख १७ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टिपर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o१:oo

मन्थली नगरपालिका– ७ भटौलीमा सोमबार बिहान बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको टिफर दुर्घटना हुँदा टिपरचालकको घटनास्थलमै ज्यान गएको छ ।

ज्यान गुमाउनेमा टिपरचालक २० वर्षीय पवित्र बस्नेत रहेका छन् । सोही टिपरका सहचालक दोलखा तामाकोशी गाउँपालिका– ६ च्यामा बस्ने अन्दाजी २१ वर्षीय मनोज फुँयाल गम्भीर घाइते भएका छन् । उनको घटनास्थलबाट उद्धार गरी हाल मन्थली अस्पतालमा उपचार भइरहेको छ । 

मन्थली नगरपालिका– ७ भटौलीको तामाकोशी नदीको पोडेदहबाट बालुवा लोड गरी सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको उक्त टिपर पिपलबाेटनजिकैको सडकबाट करिब ५० मिटर तल नदी किनारमा खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । 


 

ad
ad