१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धादिङमा ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु, आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४७:oo

धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

नीलकण्ठ– ५ खाल्टेको पतेनीबाट पतेनीबेँसीतर्फ जाँदै गरेको बा.२ख ८९४७ नम्बरको ट्रक पिमलखोलानजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। 

दुर्घटनामा परी थप पाँच बालबालिकासहित आठजना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएका थिए।
 

ad
ad