१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ट्रयाक एन्ड फिल्डले ओलम्पिकमा स्वर्ण विजेतालाई रकम दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३६:oo

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले पेरिस ओलम्पिकमा स्वर्णपदक विजेतालाई ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ

ओलम्पिक खेलकुद प्रतियोगिताका स्वर्ण, रजत तथा कांस्य विजेताले केवल पदक मात्र पाउँछन् । आसन्न पेरिस ओलम्पिक खेलकुद प्रतियोगितामा ट्याक एन्ड फिल्ड महसंघले यस विधाका स्वर्णलाई नगद प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले पेरिस ओलम्पिकमा स्वर्णपदक विजेतालाई ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ । पेरिसमा हुने ओलम्पिकमा ४८ स्पर्धामा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । महासंघले पदक विजेतालाई २४ लाख डलर विनियोजन गरेको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । 

रिले खेलका खेलाडीले ५० हजार डलर आपसमा बाँड्नेछन् । रजत र कांस्य पदक विजेताका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ । ‘यो निर्णयपछि हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो छ, यसको स्रोतबाट ओलम्पिक विजेतालाई नगदसहित पुरस्कृत गर्न लागेका हौँ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीहरूको लक्ष्य नै हाम्रा खेलाडीहरूलाई स्टार बनाउने हो ।’ 

यसैबीच, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ट्याक्ट एन्ड फिल्डको निर्णय ओलम्पिकको सन्तुलन बिग्रन सक्ने जनाएको छ । ‘आइओसीको वार्षिक आम्दानीको ९० प्रतिशत हिस्सा राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) र अन्तर्राष्ट्रिय महासंघ (आइएफ)लाई वितरण गर्छ,’ आइओसीले भनेको छ, यसको अर्थ प्रत्येक दिन ४२ लाख डलरबराबरको रकम विश्वभरका सबै स्तरमा खेलाडी र खेल संठनहरूको सहयोगका लागि जान्छ ।’ सम्बन्धित एनओसीले आफ्ना खेलाडीलाई कसरी उत्कृष्ट सेवा दिने र उनीहरूको खेलको विकास कसरी गर्ने पक्षमा महासंघमाथि निर्भर हुन्छ । 

 

ad
ad