१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सदभावको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५२:oo

नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन सदभाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ–आफ्नो उमेर समूहमा शीर्षस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सदभावले ५ अन्डर ओभर ७३ को स्कोर गरेका छन् । ३६ होलको समाप्तिमा सदभावले संसार विकेलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारेका हुन् । यो स्कोरमा सदभावले उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुने सम्भावना बलियो बनाएका छन् । 

पहिलो दिनको तुलनामा 
सद्भावले बिहीबार कमजोर प्रदर्शन गरेका हुन् । पहिलो होलमा नै उनले डबल बोगीको सामना गरे । चौथो होलमा एक सट बचाए भने सातौँ होलको बोगीले फ्रन्ट नाइन २ अन्डर ओभर ३६ मा सकाए । दोस्रो स्थानमा रहेका संसारले ९ अन्डर ओभर ७७ मा सकाउँदा समग्रमा १७ अन्डर ओभर १५३ को स्कोर बनाए । स्वप्नील भट्टराई तेस्रो स्थानमा छन् । उनले १३ अन्डर ओभर ८१ मा खेल सकाएका हुन् ।च्याम्पियनसिपको पुरुष १२ देखि १६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा समग्रमा २२ अन्डर ओभर १५९ सहित शीर्षस्थानमा उक्लिएका छन् । 

महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३ अन्डर ओभर १ सय ७५ सहित शीर्षस्थानमा उक्लिएकी छिन । उनले अवानी राईलाई सात स्ट्रोकले पछि पारिन । आइन्स्टिनाले १४ अन्डर ओभर ८२ को स्कोर कार्ड तयार पारिन । समग्रमा ४६ अन्डर ओभर १ सय ८२ सहित अवानी दोस्रो स्थानमा झरिन । ५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र चार महिलागरी कुल ३१ खेलाडीको सहभागिता रहेको छ। तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन । 

ad
ad