१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मिस्टर योगी रोशन र मिस योगी मीना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२६:oo

पाँचौँ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा कञ्चनपुरका रोशन विष्ट मिस्टर योगी र उदयपुरकी मीनाकुमारी राउत मिस योगी भएका छन् । मुलुकभरिबाट दुई सय १३ योग खेलाडीबाट विष्ट र कुमारीले उपाधि हात पारेका हुन् । ९ देखि ११ वर्ष उमेर समूहको पुरुषमा सुशान्त गजुरेल पहिलो भएका छन् ।

किरण मगर दोस्रो र अशिस तामाङ तेस्रो भए । यसै उमेर समुहको महिलामा सोमिया कार्की पहिलो तथा नुरिता तामाङ दोस्रो भएका छन् । १२ देखि १४ वर्ष उमेर समुह पुरुषतर्फका विजेता जय चौधरी भए । दिप्सन पौडेल उपविजेता बनेका छन् । सोही उमेर समूहको महिलामा स्वेच्छा थापा पहिलो र दिक्षा धिमाल दोस्रो स्थानमा रहेको आयोजकले जनाएको छ ।

१५ देखि १७ वर्ष उमेर समुहको पुरुषमा बुद्ध गुरुङ पहिलो तथा विवेक यादव दोस्रो भएका छन् ।  यसैगरी, १५ देखि १७ वर्ष उमेर समूहमा महिलामा चाँदनी परियारले उपाधि हात पारेकी छिन् । यस समूहमा प्रज्ञा गौतम दोस्रो र तेस्रो स्थानमा समता ओडारी भएका छन् । १८ देखि ३५ पुरुषतर्फ प्रथम रोशन विष्ट, दोस्रो आङ छिरिङ शेर्पा र तेस्रो भरत कुमार बजगाईं भएका छन् ।

सोही उमेर समुहमा महिला तर्फ मिना कुमारी रावत च्याम्पियन बनिन् । विसिका ढकाल उपविजेता र सुनिता तामाङ तेस्रो स्थानमा रहे । ३६ देखि ४९ उमेर समूहमा पुरुषतर्फको विजेता निल कमल रोय र उपविजेता शरण दाहाल भएका छन् ।

महिलातर्फ जानुका भट्टराई च्याम्पियन,, रेनुका गुरुङ उपविजेता र टंक माया रेग्मी तेस्रो भएका छन । राष्ट्रिय खेलकुद परिषद्का पूस्र्वसदस्यसचिव केशबकुमार विष्ट , नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्की र सुदुरपश्चिम योग खेलकुद संघका अध्यक्ष गीता सोराडी लगायतले खेलाडीहरूलाई पुरस्कृत गरेका छन् । प्रतियोगितामा २ सय १३ योग खेलका खेलाडीहरूको सहभागिता रहेको थियो ।

ad
ad