१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता

उम्मेदवारीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक जारी

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:३७:oo

राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ। अहिलेसम्म सत्तारूढ दल एमालेबाट सांसद विमला घिमिरे र प्रमुख प्रतिपक्षी कांग्रेसबाट सांसद विष्णुदेवी पुडासैनीको उम्मेदवारीसम्बन्धी निवेदन दर्ता भएको हो।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय एक बजेर ४५ मिनेटसम्म छ। एमाले उम्मेदवार घिमिरेको प्रस्तावकमा एमालेकै भगवती न्यौपाने र समर्थकमा माओवादीका गोपीबहादुर सार्की अछामी छन्।

कांग्रेस उम्मेदवार पुडासैनीको प्रस्तावकमा कांग्रेसकै दुर्गाकुमारी गुरुङ र समर्थकमा कांग्रेसकै नारायणदत्त भट्ट छन्। 

सरकारमै सहभागी रहेको एकीकृत समाजवादीले पनि उम्मेदवारी दिने बताउँदै आएको छ। यस विषयमा निर्णय लिन एसको बैठक अहिले बसिरहेको छ। 

ad
ad