१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

दुर्व्यवहार रोक्न प्रविधिको प्रयोगभन्दा मानिस सचेत हुन आवश्यक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:५३:oo

विद्यालय तथा क्याम्पसमा दुर्व्यवहारविरुद्धको लडाइँमा केवल उन्नत प्रविधि प्रयोग गर्नु पर्याप्त छैन । यस विषयमा गम्भीर ध्यानाकर्षणका साथै अधिकारीको सक्रिय प्रतिक्रिया पनि आवश्यक छ ।

क्याम्पसमा दुर्व्यवहार बढ्दो समस्या बन्दै गएको छ । फुजियान प्रान्तको राजधानी फुझाउमा रहेको एओफेङ स्कुलले दुर्व्यवहारका घटना पत्ता लगाउन शौचालयभित्र ग्याजेट जडान गरेको छ । 

विद्यालयले शौचालयजस्ता संवेदनशील ठाउँमा अलार्म प्रणाली स्थापना गरेको छ, जसले आवाज पहिचान र संवेदनशील शब्द सक्रियताबारे जानकारी दिन्छ, यदि कसैमाथि दुर्व्यवहार भइरहेको छ भने प्रणालीले कर्मचारीलाई विशेष पीडादायी संकेत प्रदान गरी सचेत गराउँछ ।

प्रणालीले आवाज पहिचानका लागि कृत्रिम बुद्धिमत्ता प्रयोग गर्छ, तर यसको प्रभावकारिता यी प्रविधिमा मात्र निर्भर हुँदैन । प्रविधिभन्दा बढी महत्वपूर्ण स्कुलका स्टाफ हुन्, जुन पीडादायी बोलावटमा (डिसट्रेस कल) द्रुत र प्रभावकारी रूपमा प्रतिक्रिया दिन खटिएका छन् ।

मौलिक रूपमा प्रविधिले विद्यालयका अधिकारीलाई दुर्व्यवहारका घटना रिपोर्ट गर्ने माध्यमको रूपमा काम गर्छ । वास्तवमै उल्लेखनीय के छ भने दुर्व्यवहार रोक्न अधिकारीहरूको समयमै हस्तक्षेप आवश्यक छ । विद्यालयमा हुने दुर्व्यवहारका धेरैजसो घटनामा शिक्षक र प्रशासकहरूले प्रारम्भिक चेतावनीका संकेतलाई बेवास्ता गरेका छन्, जसले स्थितिलाई नियन्त्रणबाहिर पुर्‍याउँछ । यो कहिलेकाहीँ घातक सावित हुन सक्छ । उदाहरणका लागि, हेबेई प्रान्तको हान्डनमा भर्खरै एउटा दुःखद घटनामा तीन माध्यमिक विद्यालयका विद्यार्थीले षड्यन्त्र रचेर आफ्नो १३ वर्षीय सहपाठीको ज्यान लिए । अपराधीहरूले केटालाई भयभीत बनाएका थिए, तर विद्यालयका डिनले हत्या गर्नुअघि धम्कीको कुनै प्रमाण नभएको दाबी गरे ।

विद्यालयले हत्याभन्दा पहिले भएको बदमासीमा ध्यान दिएको भए यो विपत्ति टार्न सकिन्थ्यो । विद्यालयमा धम्कीका ‘साना’ उदाहरणमा बढी ध्यान दिँदा पक्कै पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । फुझाउको प्रणाली हेर्दा विद्यालयले यो पहल हाल प्रयोगात्मक चरणमा रहेको र यसलाई थप परिष्कृत गरेपछि कार्यान्वयनमा आउने संकेत गरेको छ । प्रणाली प्रभावकारी सावित भएमा सम्बन्धित सरकारी निकायले अन्य विद्यालयमा हुने दुर्व्यवहार रोक्न यस्तै संयन्त्र लागू गर्न सक्छन् । 

विद्यालय तथा क्याम्पसमा बदमासी र दुर्व्यवहारविरुद्धको लडाइँमा केवल उन्नत प्रविधि प्रयोग गर्नु पर्याप्त छैन । यस विषयमा गम्भीर ध्यानाकर्षण हुनुका साथै अधिकारीहरूको सक्रिय प्रतिक्रिया पनि आवश्यक छ । टेक्नोलोजीले निश्चित रूपमा एक महत्वपूर्ण उपकरणको रूपमा सेवा गर्न सक्छ, तर मानवीय तत्वहरू सावधानी, हेरचाह र समयमै हस्तक्षेप अन्ततः सबै विद्यार्थीका लागि सुरक्षित वातावरण सिर्जना गर्ने कुञ्जी बन्न सक्छ ।

(चाइना डेलीका लागि झाङ झोउजियाङको रिपोर्ट)

ad
ad