Skip This
दलित समुदायले प्रयाेग गर्ने खानेपानीकाे पाइप काटियाे 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २६ सोमबार
  • Saturday, 27 July, 2024
२o८o चैत २६ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित समुदायले प्रयाेग गर्ने खानेपानीकाे पाइप काटियाे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार १३:२१:oo

ताँजाकोट गाउँपालिका- ३ को दलित बस्तीमा ल्याएको खानेपानीको मुहानमा विवाद भएको छ।

विगत लामो समयदेखि प्रयोग गर्दै आएको वडा नम्बर ३ को मेलपानी बस्तीमा ल्याइएको खरढुस्का मुहान अहिले विवादित भएको हो।

०५२ सालमा सहमतिकै आधारमा निर्माण भएको खानेपानीको मुहानको विवाद चर्को भएको छ। रामागाउँको ठकुरीद्वारा पानीको पाइप मुहानबाटै काटेपछि विवाद चर्किएको हो।

खानेपानीको मुहान र पाइप काटी दलित समुदायमाथि दमन गर्नुका साथै प्राकृतिक स्रोतको न्यायोचित प्रयोग गर्नसमेत दिइएको छैन। 

खानेपानीको स्रोतबाट वञ्चित गराएको र प्राकृतिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको भन्दै तत्काल कारबाही गरी खानेपानी उपलब्ध गराउन त्यहाँका दलित बस्तीका नौजनाले संयुक्त रूपमा निवेदन पेस गरेका छन्।

मेलपानी (भियालबाडा) बस्तीमा ल्याइएको खानेपानीको मुहानको लागि मिति ०८० साल माघ २६ गते बसेको कार्यपालिकाको बैठकले उक्त खानेपानीको मुहान दर्ताका लागि दाबी–विरोधका लागि ३५ दिने सूचना प्रकाशन गर्दा कोही–कसैको पनि दाबी–विरोध नपरेकाले ताँजाकोट गाउँपालिका जलस्रोत उपयोग कार्यविधिअनुसार खानेपानीको मुहान दर्ता गर्ने निर्णय गरेको थियो।

तर, यतिवेला उक्त खानेपानी योजना निर्माणका लागि योजना परेको छ। ताँजाकोट गाउँपालिकाले गएको आर्थिक वर्षबाट कुनै पनि योजनाको रकम उपभोक्ता समितिको खातामा नगई सम्बन्धित कामदारको खातामा जाने भएकाले पनि अहिले यस किसिमको विवाद भएको हुन सक्ने आशंका गरिएको छ। ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले विवाद  मिलाउने काम भइरहेको बताए।