झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दिने एक व्यक्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको छ।

अरूको नाम र दस्तखत दुरुपयोग गरी बदनियतपूर्वक झुट्टा उजुरी दिएको पुष्टि भएपछि अख्तियारले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ५ का दीपक पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो।

सहकारीबाट ऋण लिएका एक डिआइजीले मुद्दा मिलाइदिने भन्दै १५ लाख नगद र २५ लाख कान्छी श्रीमतीका नाममा चेक लिई धम्क्याएको भन्दै अख्तियारमा एबी राईको नामबाट एउटा उजुरी दर्ता भएको थियो। 

अनुसन्धानका क्रममा उजुरीकर्ता एबी राई भनिएका आङबाबु राईले आफूले त्यस्तो कुनै उजुरी नदिएको र उजुरीमा भएको दस्तखतसमेत आफ्नो नभएको भनी सनाखत गरेका अख्तियारले जनाएको छ। थप अनुसन्धानका क्रममा दीपकले आङबाबु राईको जानकारीविना नै निजको नाम र हस्ताक्षर प्रयोग गरी आफूले उजुरी दर्ता गराएको अख्तियारमा बयान दिएका थिए।

दीपक र आङबाबु दुवैले कुनै पनि डिआइजीबाट कुनै धम्की नआएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।

null

सुझावित समाचार