१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३३:oo

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष ०८१ को अवसरमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका उत्पादनमा ५८ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

योजनाअन्तर्गत सिजीका एलइडी टिभी, गुगल टिभी, एयर कन्डिसनर, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र सोकेस तथा माइक्रोवेभ ओभनमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनमा पक्का उपहार पाइने कम्पनीको भनाइ छ । 

त्यसैगरी, ग्राहकले ३२, ४३, ५० र ५५ इन्चको एलइडी टिभी, अडियो सिस्टम, रेफ्रिजेरेटर, सोकेस, चेस्ट फ्रिजर, एयर कुलर र भ्याकुम क्लिनरमा क्यासब्याक अफर पाउनेछन् । साथै, ६५ र ७५ इन्चको गुगल टिभीमा क्यासब्याकलगायत २.१ स्पिकर उपहार पनि रहेको बताइएको छ । 

कम्पनीले शून्य प्रतिशत इएमआईमा सिजी लोयल्टी क्लब रिवार्ड र पुरानो इलेक्ट्रोनिक्स सामानसँग नयाँ सिजीको सामान साट्न सक्ने सुविधासमेत रहेको बताइएको छ । यो योजना २१ चैतदेखि सीमित अवधिका लागि लागू भइसकेको कम्पनीको भनाइ छ । 

ad
ad