१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाँचौँ राष्ट्रिय योग खेलकुद २६ चैतदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५६:oo

नेपाल योग खेलकुद संघको आयोजनामा २६ र २७ चैतमा पाँचौँ राष्ट्रिय योग खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ । ०७३ मा राखेपमा दर्ता भएपछि संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिरहेको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गर्नेछन् । प्रतियोगिता महिला तथा पुरुष समूह हुने आयोजकले जनाएको छ । उमेर समूहमा ९ देखि ११, १२ देखि १४, १५ देखि १७, १८ देखि ३५, ३६ देखि ४९ वर्ष र ५० वर्षमाथि गरी ६ उमेर समूह गरी आयोजना हुनेछ ।

सात प्रदेशबाट दुई सय ५० जना खेलाडीको सहभागी रहनेछ । पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार र तेसो हुनेले दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष खेलाडी (मिस्टर योगी) र उत्कृष्ट महिला खेलाडी (मिस योगिनी) लाई जनही सात हजारसहित सूपर गोल्ड मेडल प्रदान गरिने छ ।

यसरी १२ स्वर्ण , १२ रजत र २४ वटा कांस्य समेत २ सुपर गोल्ड मेडल गरी जम्मा ५० वटा पदकका लागि प्रतिष्पर्धा हुने 

ad
ad