१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रारा ताल
२o८१ बैशाख २० बिहीबार ११:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया प्रिन्ट संस्करण

फोटो कथा : सुन्दर, शान्त रारा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५२:oo

वरिपरि हिमशृंखला र पहाडले घेरिएर बसेको छ नेपालकै सबैभन्दा ठूलो ताल रारा । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको यो ताल समुद्र सतहदेखि करिब दुई हजार नौ सय ७२ मिटरको उचाइमा छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको रारा ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यसको औसत लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ । राराको सौन्दर्य हेर्नका लागि मानिस बाह्रै महिना यहाँ पुग्ने गर्छन् । हिउँदको समयमा रारा ताल हिउँले भरिन्छ । वर्षामा हिउँ पग्लेर फूलैफूलले ढाक्छ ।

यसको सौन्दर्यमा मन्त्रमुग्ध हुनका लागि सबैभन्दा उपयुक्त ठाउँ हो मुर्मा टप । समुद्री सतहदेखि करिब तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित मुर्माटपबाट राराताललाई पूरै नियाल्न सकिन्छ । मौसम खुलेको वेला वरिपरि रहेका हिमाल, निलो र शान्त रारा तालका साथै बोनसको रूपमा सुदूरपश्चिमका ६ वटा जिल्ला मुर्मा टपबाट देख्न सकिन्छ । 

रारा तालबाट मुर्माटप पुग्न दुई घन्टाको पैदल दूरी पार गर्नुपर्छ भने हिँड्न नसक्नेका लागि घोडाबाट डेढ घन्टामा पुगिन्छ । ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले सवारीसाधन निषेध गरिएको छ । तालमा पुग्न मिली चौरदेखि पैदल हिँड्नुपर्छ । मिली चौरदेखि पैदल हिँडेको ३० मिनेटमै तालको छेउ पुग्न सकिन्छ ।

तालको छेउमा पुगेपछि त्यहाँको दृश्यले सबै थकान मेटाउँछ । नीलो, शान्त र सुन्दरताले भरिपूर्ण राराको किनारै–किनारै हिँड्ने हो भने करिब पाँच घन्टामा एक फेरो मार्न सकिन्छ । विभिन्न कोणबाट राराको सुन्दरताका अलावा निकुञ्ज क्षेत्रको जंगलमा रहेका रूख र यहाँ पाइने चराचुरुंगीको आवाजले जो कसैलाई आह्लादित बनाइदिन्छ ।

प्रकृतिको काख सुन्दर शान्त रारा पुग्न दुई विकल्प छन् । पहिलो, कर्णालीको सदरमुकाम सुर्खेतदेखि दुई दिन गाडीको यात्राबाट रारा पुग्न सकिन्छ । दोस्रो, नेपालगन्जदेखि ४० मिनेटको हवाई यात्रापश्चात् ताल्चा विमानस्थलमा अवतरण गरी दुई घन्टाको पैदल यात्राबाट रारा पुग्न सकिन्छ ।

खच्चरबाट सामान ओसार्दै स्थानीय

मुर्मा टप

रारामा घोडा चर्दै

मुर्मा टपबाट देखिएका हिमाल

रारा ताल

मुर्मा टपबाट रारा नियाल्दै आन्तरिक पर्यटक

मुर्मा गाउँ

मुर्मा टपमा रमाउँदै आन्तरिक पर्यटक

रारामा घोडसवार आन्तरिक पर्यटक

 

ad
ad