१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उजुरी बढेपछि तराईका ६ जिल्लाका एसपी तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o३:oo

बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका एसपीलाई अवधि नपुगी हटाइयाे

प्रहरी प्रधान कार्यालयले तराईका ६ जिल्लाका प्रहरी प्रमुखलाई हटाएको छ। उनीहरूको कार्यसम्पादका विषयमा उजुरी बढेपछि गृह मन्त्रालयको निर्देशनमा हटाइएको हो। 

बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका एसपीलाई अवधि नपुगी हटाइएको छ। बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधि ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरूलाई हटाइएको स्रोत बताउँछ। उनीहरूमध्ये सर्लाहीका ज्ञवाली र महोत्तरीका राईको अवधि दुई महिना पनि पुगेको थिएन। 

बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ। ती जिल्लाका एसपीका विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी बढेकाले हटाइएको एक उच्च प्रहरी अधिकारीले बताए। ‘जसले राम्रोसँग काम गर्न सक्दैन, उनीहरूलाई तत्काल हटाइन्छ भन्ने यो सन्देश हो,’ ती प्रहरी अधिकारीले भने।

त्यस्तै, नुवाकोटमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ। त्यहाँका एसपी संजयसिंह थापालाई यसअघि सुनकाण्डमा हटाइएको थियो। प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ८ एसपीको पनि पदस्थापन गरेको छ।

ad
ad