Skip This
विद्यार्थी कम भएपछि शुक्लाफाँटाका चार विद्यालय समायोजन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Saturday, 27 July, 2024
रासस कञ्चनपुर
२o८o चैत २३ शुक्रबार १३:३७:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विद्यार्थी कम भएपछि शुक्लाफाँटाका चार विद्यालय समायोजन

Read Time : > 1 मिनेट
रासस, कञ्चनपुर
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार १३:३७:oo

विद्यार्थी संख्या न्यून भएका शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ। विद्यालय सुधार तथा सञ्चालन कार्ययोजना तयार गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा पनि विद्यार्थी संख्यामा बढोत्तरी हुन नसकेपछि विद्यालय समायोजन गरिएको हो।

शैक्षिक सुधार हुन नसकेपछि बालविकास केन्द्र कायम रहने गरी विद्यालय समायोजन गरिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए। उनका अनुसार वडा नम्बर ७ मा रहेको शान्ति आधारभूत विद्यालय, वडा नम्बर १० मा रहेको त्रिमूर्ति आधारभूत विद्यालय, वडा नम्बर १२ मा रहेको सरस्वती आधारभूत विद्यालय चित्रपुर र वडा नम्बर १२ मा रहेको मिलन आधारभूत विद्यालयलाई समायोजन गरिएको छ।

शान्ति आधारभूतलाई धर्मजनता मावि स्टेसनपुर, त्रिमूर्ति आधारभूतलाई कृष्ण मावि झलारी, सरस्वती आधारभूतलाई सिद्धनाथ आधारभूत विद्यालय वसन्तपुर र मिलन आधारभूतलाई शिवशक्ति मावि कालागौँडीमा समायोजन गरिएको हो।
 
‘समायोजन गरिएका विद्यालयलाई पत्राचार गरी जानकारी दिने कार्य भइसकेको छ,’ उनले भने, ‘शिक्षक समायोजन प्रक्रियालाई पनि अगाडि बढाएका छौँ।’ उनका अनुसार विद्यालयमा शिक्षक दरबन्दी एकदेखि तीनजनासम्म रहेको र विद्यार्थी संख्या २८ देखि १२ मात्रै रहेका विद्यालय समायोजन गरिएको हो।

सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ मा भएको व्यवस्थाअनुसार विद्यालय समायोजन गरिएको संयोजक ऐरको भनाइ छ। योसँगै नगरपालिकाको वडा नम्बर ७ मा रहेको भवानी आधारभूत विद्यालय, वडा नम्बर १ मा रहेको जनचेतना आधारभूत विद्यालयको कक्षा मिलानअनुसार तह घटाइएको छ। कक्षा पाँचसम्म पठनपाठन भइरहेका विद्यालयमा तह घटाएर कक्षा एकदेखि तीनसम्म मात्रै राखिएको छ।
 
आधारभूत तहमा पठनपाठन भइरहेका आठ विद्यालयमा १२ शिक्षक दरबन्दी थप गर्ने निर्णय गरिएको छ। विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि ०७९ मंसिर २७ गते सामाजिक विकास समितिका संयोजक ऐरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलको सिफारिसअनुसार नगरपालिकाको कार्यपालिकाको निर्णयबमोजिम विद्यालय समायोजन गरिएको छ। नगरपालिकामा ३२ सामुदायिक र २५ संस्थागत गरी ५७ विद्यालय रहेका छन्। बालविकास केन्द्रको संख्या ६५ रहेको छ।