१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१२:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। 

उनले प्रदेश सभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त, दुरुस्त बनाउन नसकेको स्विकारे। ‘हामीले प्रशासनलाई चुस्त, दुरुस्त राख्न सकेनौँ,’ उनले भने, ‘सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन।’

कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उनको भनाइ छ। साथै, उनले सत्ता भनेको अस्थायी हुने भन्दै संघीयता जोगाउनका लागि सबै एकमतका साथ अघि बढ्नुपर्ने बताए।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्तासमीकरण फेरिएको छ। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तासाझेदार दल सहमत भएका छन्। 

एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँचबुँदे समझदारीमा हस्ताक्षेर गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्।

ad
ad