१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यी हुन् वाइडबडीकाे डेढ अर्ब भ्रष्टाचारमा संलग्न प्रतिवादी  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:१६:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहित २४ जना नेपाली र आठ विदेशीलाई प्रतिवादी बनाएर अख्यिारले बिहीबार मुद्दा दायर गरेको हो। 

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको ठहर संसद्को सार्वजनिक लेखा समितिले गरेको थियो।

१७ पुस ०७५ मा समितिले छानबिन प्रतिवेदन नै सार्वजनिक गरेको थियो । खरिद प्रक्रियामा संलग्न तीन पूर्वमन्त्री, तीन सचिव, निगमका तत्कालीन महाप्रबन्धकलगायतमाथि थप छानबिन गरी कारबाही गर्न समितिले अख्तियारलाई निर्देशन दिएको थियो। 

यी हुन् अख्तियारले प्रतिवादी बनाएका व्यक्ति 

जीवनबहादुर शाही : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेश सभा सदस्य 

बिगो : एक करोड ३३ लाख ८८ हजार १०९ 

सुगतरत्न कंसाकार : नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक

बिगो : एक करोड ३३ लाख ८८ हजार १०९

शंकरप्रसाद अधिकारी : तत्कालीन पर्यटनसचिव
बिगो : एक करोड ३३ लाख ८८ हजार १०९

शिशिरकुमार ढुंगाना : भन्सार विभागका तत्कालीन महानिर्देशक एवं वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य 

बुद्धिसागर लामिछाने : पर्यटन मन्त्रालयका सहसचिव एवं वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य 

टेकनाथ आचार्य : वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य

मुक्तिराम पाण्डे : वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य

निमा नुरु शेर्पा : वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य

जीवनप्रकाश सिटौला : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य

अच्युतराज पहाडी : वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य तथा हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य 

रामहरि शर्मा सेढाईं : वायुसेवा निगमका तत्कालीन कामु निर्देशक 

जनकराज कालाखेती : वायुसेवा निगमका तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक 

प्रभासकुमार कर्माचार्य : वायुसेवा निगमका तत्कालीन उपनिर्देशक 

गणेशबहादुर चन्द : वायुसेवा निगमका तत्कालीन निर्देशक 

कर्णबहादुर थापा : वायुसेवा निगमका तत्कालीन कामु निर्देशक 

सुवास रिजाल : वायुसेवा निगमका तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन

रमेशबहादुर शाह : वायुसेवा निगमका तत्कालीन नायब महाप्रबन्धक 

रवीन्द्रकुमार शेरचन : वायुसेवा निगमका तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन 

रवीन्द्र श्रेष्ठ : वायुसेवा निगमका तत्कालीन कामु निर्देशक 

उपेन्द्र पौडेल : वायुसेवा निगमका तत्कालीन कामु निर्देशक तथा हाल निर्देशक 

श्रवण रिजाल : वायुसेवा निगमका तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक 

पारस पौडेल : तत्कालीन निमित्त उपनिर्देशक 

उमेश पौडेल : तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक 

बृहतमान तुलाधर : तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक

विमान आपूर्तिकर्ता तथा प्रस्तावदातातर्फ 

प्रेसिडेन्ट, इन्टरनेसनल सप्लाई चेन, एएआर कर्प इंक बेलायत 

बेलायती नागरिक दीपक शर्मा 

हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक एवं जर्मन एभिएसन क्यापिटल जर्मनी/सिंगापुरका प्रतिनिधि जर्मनी नागरिक क्रिश्चियन नेह्लेन 

जर्मन एभियसन क्यापिटल जर्मनीका अर्थ निर्देशक रोमानिया र मोल्डोभाका नागरिक ओलेग क्यालिष्ट्रु 

एम/एस एएआर इन्टरनेसनल इंक बेलायत 

एएआर इन्टरनेसनल इंकका अध्यक्ष जोन एम होल्मेस

एम/एस जर्मन एभियसन क्यापिटल जिएमबिएम जर्मनी

जर्मन एभियसन क्यापिटल जिएमबिएमकी प्रबन्ध निर्देशक एना टोपा

एम/एस हाइफ्लाई ट्रान्सपोर्टे एरिओज एसए (अर्थात् हाइफ्लाई एयसलाइन्स), पोर्चुगल 

हाइफ्लाई ट्रान्सपोर्टे एरिओज एसएका अध्यक्ष पाउलो मिरपुरी 

एमएस हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेड आयरल्यान्ड

हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक जेराल्ड थोरोन्टन 

हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडकै क्रिश्चियन निह्लेन 

एमएस नोरटन रोज फुलब्राइट एलएलपी जर्मनी 

एमएस नोरटन रोज फुलब्राइट एलएलपीका उड्डयन प्रमुख मारकस राडब्रुच 

एमएस नोरटन रोज फुलब्राइट एलएलपीकै वरिष्ठ परामर्शदाता राल्फ स्प्रिन्जर 

ad
ad