Skip This
बरोडामाथि नेपालको सहज जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २१ बुधबार १o:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बरोडामाथि नेपालको सहज जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार १o:१५:oo

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सोमबार भारतको रणजी टोली बरोडालाई २४ रनले हराएको छ । भारत भ्रमणमा रहेको नेपालले यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ५६ रन बनाएको थियो । प्रत्युत्तरमा बरोडा २० ओभरमा १ सय २९ रनमा अलआउट हुँदा नेपाल २४ रनले विजयी भयो । घरेलु टोली बरोडाका लागि भानु पनियाले सर्वाधिक ३८ रन जोडे । बरोडाका कप्तान विष्णु सोलांकी २५ रन बनाए । नेपालका लागि फास्ट बलर करण केसीले घातक बलिङ गरेका थिए । 

उनले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट हात पारे । गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । करणले पहिलो ओभरमै बरोडाका दुई खेलाडीलाई आउट पार्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । नेपालको ब्याटिङमा बायाँ हाते कुशल मल्लले नटआउट ४० रन बटुले । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ सेख समान नौ रनमा आउट भए । 

जोहराको आक्रामक ब्याटिङ
पहिलो ब्याटिङ गरेको सन्दीप जोराले नेपालका लागि आक्रामक ब्याटिङ गरेका थिए । रणजी टोलीविरुद्ध उनले १६ बलमा २९ रन बटुले । यसक्रममा उनले समान दुई चौका र छक्का प्रहार गरेका थिए । यसअघि ओपनर भुर्तेलले ११ बल र सेखले १२ बलको सामना गरेका थिए । त्यसपछि अनिलकुमार साहले इनिङ्स सम्हाल्ने प्रयास गरे । उनले २५ रन जोड्न २७ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहित पौडेलले २३ बलमा १८ रनमा जोडे । उनी रनआउट भएका थिए । अलराउन्डर गुल्सन झाले १३ रन जोडे । उनले १४ बलको सामना गरेका थिए । दीपेन्द्रसिंह ऐरीले पाँच बलमा पाँच रन जोडे । बलिङमा बरोडाका बाबा खानले चार ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

 गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग समान दुई वटा टी–२० खेल खेल्नेछ । एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिएको प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा सहभागिता जनाउनुअघि नेपालले भारतमा अभ्यास खेलका रूपमा टी–२० खेलिरहेको हो । त्यसपछि नेपाली टोली एसिसी प्रिमियर कप खेल्न ओमान जानेछ ।