१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिसो कपालमा तेल लगाउँदा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४५:oo

- कतिपयले नुहाएपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गरेको देखिन्छ । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर गर्छ । 

- नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनु हुँदैन । चिसो कपालमा तेल लगाउँदा चाया फैलिन सक्छ । त्यसैले तेल लगाउनुपरेमा कपाल राम्रोसँग सुकेपछि मात्रै लगाउँदा राम्रो हुन्छ । 

- नुहाएपछि कपाल चाँडो सुकाउन टाबेलले कपाल झड्कार्ने धेरैको बानी हुन्छ । प्रायः लामो कपाल हुनेले यस्तो गर्छन् । तर, यसले कपालमा नकारात्मक असर पुग्न सक्छ । नुहाएका वेला कपाल जरादेखि नरम हुने हुन्छ । स्याम्पु वा कन्डिसनर गरेको कपाल अझै नरम हुन्छ । यसरी टाबेलले झड्कार्दा कपाल टुक्रिन सक्छ । झर्ने समस्या पनि हुन सक्छ । 

- कपालमा जुनसुकै स्याम्पु प्रयोग गर्नुहुँदैन । कपालको प्रकृति हेरेर स्याम्पु चयन गर्नुपर्छ । सुक्खा कपालका लागि अलग, सिल्की कपालका लागि अलग, कलर गरेको कपालका लागि अलग, केराटिन गरेको कपालका लागि अलग स्याम्पु पाइन्छ । 

- सुक्खा कपाल हुनेले नुहाउनुभन्दा ४५ मिनेटअघि तेल लगाउने र त्यसपछि नुहाउनु राम्रो हुन्छ । नुहाउनुअघि तोरीको तेल वा ओलिभ ओइल प्रयोग गर्दा राम्रो हुन्छ । कपाल नुहाएपछि कन्डिसनर, हेयर ट्रिटमेन्ट वा हेयर स्पा गर्दा राम्रो हुन्छ ।

ad
ad