१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्याक्सी दुर्घटनाका मृतकको सनाखत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३३:oo

काठमाडौंबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँचजनाको परिचय खुलेको छ। दुर्घटनापछि एकजना बेपत्ता छन्।
 
प्रहरीका अनुसार ट्याक्सीचालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ। अठार वर्षीय दिवस रोकाय बेपत्ता छन्। 
 
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीनवटा गाडीमा फर्किँदै गर्दा दुर्घटना भएको हो। अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरूले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए। खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए। 
 
आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक उक्त दुर्घटना भएको हो।

ad
ad