Skip This
नौमती बाजा संरक्षणका लागि तालिम दिँदै विराटनगर महानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o चैत १५ बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नौमती बाजा संरक्षणका लागि तालिम दिँदै विराटनगर महानगर

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १७:२१:oo

मगर बाजा तथा संस्कृति संरक्षणका लागि विराटनगर महानगरपालिकाले स्थानीयलाई तालिम दिन थालेको छ। नेपाल मगर संघ विराटनगर महानगर समितिको सहकार्यमा महानगरपालिकाले ३१ दिने नौमती बाजा प्रशिक्षण सुरु गरेको हो।

आफ्ना मौलिक कला र संस्कृतिको व्यावसायिक संरक्षणका लागि नगरवासीलाई नौमतीसँगै समुदायको सांस्कृतिक बाजा बजाउने तालिमका लागि सहयोग गरेको महानगर प्रमुख नागेश कोइरालाले बताए।

वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, तालिम आयोजक संस्थाका अध्यक्ष कुबेरबहादुर मगर, सचिव ममता मगरलगायतले जन्मेदेखि विभिन्न शुभकार्यमा प्रयोग हुने नौमती बाजाको संरक्षणका लागि महानगरको सहयोगमा तालिम दिन थालिएको जानकारी गराए।

प्रशिक्षणपछि उनीहरूलाई दुई समूहमा बाँडेर व्यावसायिक रूपमा आयआर्जनमा लगाइने बताइएको छ। प्रशिक्षणमा ३२ जना स्थानीय सहभागी छन्।