१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १५ बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १३:o५:oo

गोखार्ज फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको सातै प्रदेशमा रहेका १८ शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झन्डै एक हजार विद्यार्थीलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको हो।

हाल २६ शाखा र एक एक्स्टेन्सन काउन्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको गोर्खाज फाइनान्सले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रम आयोजना गर्ने प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले बताए।