१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत १३ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्जको वाटरपार्कमा मोटरबोट सञ्चालन

Read Time : < 1 मिनेट
२०८० चैत १३ मंगलबार १०:१८:००

नेपालगन्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । एक करोड आठ लाख रुपैयाँ लगानीमा मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराले नेपालगन्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको हो । अहिले परीक्षण गरिरहेको कम्पनीले आउँदो वैशाखमा उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिबी (विष्णु) ढकालले जानकारी दिए ।

खासै प्रयोगमा नआएको नेपालगन्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको उनले बताए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ जडान गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगन्ज महानगरपालिकालाई वार्षिक २५ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए । नेपालगन्जको सोही पार्कमा जेट स्की, पाँचवटा पावर स्पोर्टस्, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवासमेत विस्तार गर्ने योजना रहेको ढकालले बताए । 

यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।
 एकपटक मोटरबोट चढ्दा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । ‘एक हजार दुई सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दूरी सयर गर्न सक्नेछन्,’ उनले भने ।