१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्जको वाटरपार्कमा मोटरबोट सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:५९:oo

नेपालगन्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगन्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको हो। 

एक करोड आठ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिबी (विष्णु) ढकालले जानकारी दिए।

खासै प्रयोगमा नआएको नेपालगन्जको ‘वाटरपार्क’ पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना लागेको ढकालले बताए। वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ जडान गरेको हो।

कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।

नेपालगन्जको सोही पार्कमा जेट स्की, पाँचवटा पावर स्पोर्टस्, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायतको सेवासमेत विस्तार गर्ने योजना रहेको ढकालले बताए। यसअघि चितवनको नारायणघाट र देवघाटका साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ।

मोटरबोट चढ्नेका लागि निश्चित शुल्क निर्धारण गरिएको सञ्चालक ढकालले बताए। उनका अनुसार एकपटक मोटरबोट चढ्दा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ। ‘एक हजार दुई सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दूरी सयर गर्न सक्नेछन्,’ उनले भने।
 

ad
ad