Read Time : < 1 मिनेट
२o८१ जेठ २ बुधबार १o:२४:oo
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले १० हजार तीन मत प्राप्त गरेका छन् । त्यस्तै, ६ हजार नौ सय ४४ मतसहित नेपाली कांग्रेसका उम्मेवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू पाँच जार पाँच सय ९१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार चार सय ४३ मत ल्याएका छन् ।