१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ७ बुधबार ०८:५२:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ७ बुधबार ०८:५२:००

सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता गम्भीर प्रकृतिका अपराधमा उपल्लो तहका राजनीतिक नेतृत्व जोडिनुलाई के भन्नुहुन्छ ?
संगठित अपराधमा संलग्न व्यक्ति या समूहले ठुलो लगानी गर्नुपर्ने भएकाले जोखिम उठाउन चाहँदैनन् । आफू र आफ्नो समूहको लगानी र गतिविधिलाई सुरक्षित गराउन उनीहरूले विशेष ‘नेक्सस’ खडा गरेका हुन्छन् । यस्तो नेक्सस उनीहरू आफैँले बनाउँछन् भने त्यसका लागि सहज ‘एक्सेस’ चाहिँ राजनीतिक नेतृत्वले दिन्छ ।

अपराध कर्ममा संलग्न ठुला डन या गिरोहले बजारको अध्ययन गरी नेक्सस बनाउँछन् र त्यसलाई निर्वाध सञ्चालन गर्न राजनीतिक नेतृत्वको एक्सेस खोज्छन् । यसमा हाम्रा कतिपय राजनीतिक नेतृत्वले व्यक्तिगत लाभलाई हेरेर एक्सेस दिन्छन् र अपराध कर्ममा जोडिन्छन् । लोकतन्त्रको आगमनपछि हाम्रा सबैजजसो प्रणाली कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वको साथ र सहयोगमा संगठित अपराध मौलाएको छ । 

राजनीतिक नेतृत्व अपराध कर्ममा प्रवृत्त हुनुमा प्रहरी अधिकारीको साथ र सहयोग कति जिम्मेवार हुन्छ ?
राज्य संयन्त्रका सञ्चालकहरूको प्रभाव राज्यका सबै अंगमा परी नै हाल्छ । राजनीतिक नेतृत्वले राज्यका अंगहरूलाई विशेष ‘टुल्स’ का रूपमा प्रयोग गर्छ । यस्तो अवस्थामा उसले आफूबाट सजिलै परिचालित हुन सक्ने प्रहरी कर्मचारीलाई आफूले चाहेको स्थानमा खटाउँछ र आफूले चाहेको काम गराउँछ ।  

प्रहरी अधिकारीले राजनीतिक नेतृत्वको भन्दा कानुनको आदेश पालना गर्न सक्दैन ?
यो व्यक्ति, व्यक्तिमा भर पर्छ । कतिले सक्छन् र कतिले सक्दैनन् या चाहँदैनन् । राजनीतिक नेतृत्वको आदेश नमान्दा पनि प्रहरी अधिकारी नै कारबाहीमा पर्छन् भने आदेश मान्दा पनि अप्ठ्यारो परेका वेला तिनै आदेशपालक कारबाहीमा पर्छन् । जे गरे पनि अचानो बन्ने प्रहरी नै हो ।