कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो।
दुईपटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालको खेल हेर्न हजारौँ क्रिकेटप्रेमी कीर्तिपुर मैदानमा उपस्थित भएका थिए।
हेर्नुहाेस् तस्बिरहरू :