Skip This
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहितको शतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहितको शतक

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:४३:oo

वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टी–२० खेलमा कप्तान रोहितकुमार पौडेलले शतक बनाएका छन्।

रोहितले १७.२ ओभरमा शतक पूरा गरेका हुन्। ४७ बलमा १० चौका र पाँच छक्कासहित उनले १०१ रन बनाएका छन्।

रोहितले यसअघि २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। उनले अर्धशतक बनाउँदा तीन विकेट गुमाएको नेपालले १०.२ बलमा ९३ रन बनाएको थियो।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ। वेस्ट इन्डिजबाट ४९ टेस्ट खेलिसकेका चेसले नेपालविरुद्ध ४५ बलमा ९ चौका र दुई छक्कासहित ७४ रन बनाएका हुन्।

ad
ad