१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुसमा पुनः पुटिन

चुनावमा बलियो प्रतिद्वन्द्वीको अभावमा पुटिनले प्राप्त गरे ८७ प्रतिशत मत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५८:oo

रुसमा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पुनः विजयी भएका छन् । तीन चरणमा सम्पन्न निर्वाचनको परिणाममा ७१ वर्षीय पुटिन पाँचौँ कार्यकालका लागि विजयी भएका हुन् । चुनावमा वास्तविक प्रतिद्वन्द्वीको अभावमा उनको जित निश्चितप्रायः थियो । निर्वाचनले पूर्वजासुस पुटिनलाई दुई सय वर्षपछि सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ । सरकारी समाचार एजेन्सी आरआइएका अनुसार पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् ।

पुटिनले नतिजाले रुसको हालको कदमप्रति जनताको विश्वास प्रस्तुत गरेको बताएका छन् । उनले सेनालाई बलियो बनाउने र युक्रेनमा रुसको विशेष सैन्य कारबाहीलाई प्राथमिकतामा राख्ने बताएका छन् । चुनावी जितको प्रशंसा गर्दै पुटिनले रुस ‘धम्कीबाट डराउन नहुने’ बताएका छन् । पुटिनका सबै प्रमुख प्रतिद्वन्द्वी कारागार वा निर्वासित छन् भने कतिपयको मृत्यु भएको छ । उनले युक्रेनमा आफ्नो शासन वा सेनाको आक्रमणको सार्वजनिक रूपमा विरोध गर्ने जोकोहीमाथि कठोर कारबाही गरेका छन् ।

नतिजाले हालको रुसी कदमप्रति जनताको विश्वास प्रस्तुत गरेको दाबी गर्दै  युक्रेनमा रुसको विशेष सैन्य कारबाहीलाई प्राथमिकतामा राख्ने पुटिनको भनाइ 

तीनदिने निर्वाचनमा घातक युक्रेनी बमबारी र मतदान केन्द्रहरूमा तोडफोडले रुसी क्षेत्रमा घुसपैठ वृद्धि भएको थियो । निर्वाचनका पहिला दुई दिनमा मतदान केन्द्रमा तोडफोड भएका विवरण सार्वजनिक भएका थिए । दर्जनौँ मानिसलाई थुनामा राखिएको छ । रुस–नियन्त्रित युक्रेनका जापोरिज्जिया, खेरसन, दोनेत्सक र लुहान्स्कमा पनि निर्वाचन भएको छ । क्रेमलिनले निर्वाचनलाई रुसीहरूका लागि युक्रेनमा पूर्णस्तरको सैन्य अभियानपछाडि आफ्नो समर्थन दिन एउटा अवसरका रूपमा लिएको थियो । रुस नियन्त्रित युक्रेनी क्षेत्रमा पनि मतदान भएको थियो ।

भारत, चीनलगायतका नेताको बधाई
 पुटिनले अर्को एक पूर्ण कार्यकाल पूरा गरे भने उनी १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा सबैभन्दा लामो समय सत्तामा रहनेछन् । चीन, भारत, भेनेजुएला, निकारागुवा, क्युबा र बोलिभियाका नेताहरूले पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । मोदीले आफ्नो ‘विशेष’ सम्बन्ध विकास गर्न सम्बन्धलाई बढावा दिन आफू उत्सुक रहेको बताएका छन् । त्यस्तै रुसको प्रमुख सहयोगी चीनले सोमबार राष्ट्रपति पुटिनलाई चुनाव जितेकामा बधाई दिएको छ । ‘पुटिनको जितका लागि चीन बधाई व्यक्त गर्छ,’ नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने । चीन र रुस नयाँ युगमा एक–अर्काका सबैभन्दा ठूलो छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदार भएको उनले बताए ।

निर्वाचनअघि नै विजय सुनिश्चित गरेका पुटिनले मतदान समाप्तपछि मतदातालाई विशेष धन्यवाद दिएका थिए । ‘म तपाईंको समर्थन र यो विश्वासका लागि तपाईं र मुलुकका सबै नागरिकलाई धन्यवाद दिन चाहन्छु,’ पुटिनले भने । उनले युक्रेनमा लडिरहेका रुसी सैनिकलाई विशेष धन्यवाद दिए । उनले युक्रेनले रुसमाथि आफ्ना केही सबैभन्दा महŒवपूर्ण हवाई हमला र युक्रेन समर्थक मिलिसियाले रुसी सीमावर्ती गाउँमा सशस्त्र हमला सुरु गरे पनि आफ्नो सेनालाई ठूलो फाइदा भएको दाबी गरे । 

निष्पक्षतामाथि पश्चिमाको प्रश्न
कतिपय पश्चिमा देशले रुसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् । किभ र उसका सहयोगीले मतदानलाई नाटक भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई ‘सत्ताको नशामा डुबेको तानाशाह’ भन्दै आलोचना गरे । अमेरिकाले मस्कोले कब्जा गरेका युक्रेनी क्षेत्रमा मतदान गराएकामा आलोचना गरेको छ ।
सन् १९९९ मा पहिलोपटक प्रधानमन्त्री भएका पुटिन सन् २००० देखि २००८ सम्म राष्ट्रपति र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए ।
–एजेन्सी

ad
ad