१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

करफोकमा गुञ्जियो नेपथ्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४८:oo

इलामको सूर्योदय नगरपालिकाका करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा नेपथ्यले सांगीतिक प्रस्तुतi दिएको छ। खासै चहलपहल नहुने यहाँ शनिबार बेलुकी भने हजारौँ दर्शक जम्मा भएका थिए।

कन्सर्ट सुरु हुनु केही घन्टाअगावैदेखि फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चलहपहल सुरु भएको थियो। कन्सर्ट सुरु भएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको थालनी गरेका थिए।

‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरूसँग आयौँ,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो ।’

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरेः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ।’ अमृतले तमाम दर्शकहरूलाई नेपालमा जताततै रमाइला पर्यटकीयस्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आह्वान पनि गरे।

यसपालाको कन्सर्टमा सधैँ दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरूलगायत भर्खरै रिलिज भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ पनि प्रस्तुत गरिएको थियो।

इलामको गढीथुम्कामा निर्माणाधीन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुति थियो। ‘कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुसी लागेको छ।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरूसँगै ‘अब कुन गीत सुन्ने?’ भनेर प्रश्न गरेका थिए। त्यसमा अधिकांश दर्शकले ‘रेस्सम’ भनेर चिच्याए। ‘रेसम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

नेपथ्यले यसै महिनाको अन्त्यमा आफूलाई फेरि इलामकै छेउमा उभ्याउने भएको छ। नयाँ वर्षको अघिल्लो रात ब्यान्ड फेरि बिर्तामोडमा प्रस्तुत हुनेछ।

ad
ad