१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ४ आइतबार ११:४१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुध संकलनमा उत्कृष्ट बागदेव दुग्ध उत्पादक सहकारी

Read Time : > 1 मिनेट
२०८० चैत ४ आइतबार ११:४१:००

बाराको निजगढ नगरपालिका– ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा दुई हजार पाँच सयजना किसान आबद्ध छन् जसले मासिक करिब चार लाख लिटर दुध उत्पादन गरेर सहकारी संस्थालाई बिक्री गर्ने गर्दछन्। 

संस्थाले दैनिक १२ हजार लिटर दुध किसानबाट संकलन गरेर बजारसम्म पुर्‍याउने गर्दछ। दैनिक एक हजार लिटर दुध निजगढ नगरमै खपत हुन्छ भने ११ हजार लिटर दुध देशका विभिन्न बजारसम्म पुर्‍याउने गर्दछ भने बाँकी दुध पाउडर, घिउ, दही बनाएर राख्ने र मागअनुसार बिक्री गर्ने गर्दछ। 

दुध उत्पादन बढी भएर अन्य क्षेत्रमा ‘मिल्क होलिडे’ चलिरहेको वेला बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले भने सो समस्या झेल्नुपरेको छैन। संस्थाले बिक्री वितरणमा सहज बनाएपछि कृषकलाई सहयोग पुगेको हो। 

कृषकको दुधले बजार र मूल्य पाउन थालेपछि अहिले धेरै कृषक दुध उत्पादनमा आकर्षित भएका छन्। सहकारीले गाउँ–गाउँदेखि कृषकले उत्पादन गरेको दुध संकलन गर्ने, बजारीकरण गरी उचित मूल्य दिन थालेपछि कृषकसमेत खुसी भएका छन्।

पहिले आर्थिक अवस्था कमजोर रहेका नागरिकले पनि अहिले दुध बेचेर गतिलो आम्दानी गर्न थालेको कृषकको भनाइ छ। स्थानीयको मुख्य आम्दानीको स्रोत नै दुध बन्दै गएको भन्दै गाउँमा भएका कृषक दुग्ध उत्पादनमा लाग्न थालेको कृषकको भनाइ छ। 

त्यसैले कहिलेकाहीँ समयमै भुक्तानी गर्न नसकेको बखत पनि यस संस्थालाई किसानले साथ दिँदै आएको निजगढ नगरपालिका– ६ का कृषक वैकुण्ठ सिलवाल खत्री बताउँछन्। 

दुधलाई आम्दानीको गतिलो स्रोत बनाएका कृषकका लागि गाउँमा रहेका दुग्ध सहकारी बरदान साबित बनेको छ। सहकारीले संघले कृषकको सारथि बनेको अर्का कृषक सीता चौलागाईंको भनाइ छ। 

संस्थाले अहिले उपभोक्तालाई पनि सहज बनाएको छ। दुध संकलनका निम्ति पालिकाका १४ स्थानमा सेवा केन्द्र सञ्चालनमा छ जसले गर्दा कृषकलाई धाएर टाढाटाढा जाने समस्याको समेत अत्य भएको र सहकारीले कृषकलाई घाँसको बिउ, दाना वितरण गर्ने पशु बिमामा प्रोत्साहन, सहुलियत दरमा कर्जा वितरण गर्दैआएको व्यवस्थापक सौरभ अधिकारीले बताए। 

निजगढ नगरपालिका– ५ स्थित बागदेवमा एउटा मात्रै दुध संकलन केन्द्रबाट ०५४ सालमा स्थापना भएको यस संस्थाले हाल नगरपालिकाका १३ वटै वडाका कृषकले उत्पादन गरेको दुध संकलन गरी बिक्री–वितरण गर्दैआएको छ। दुध संकलनका लागि १४ स्थानमा सेवा केन्द्र छ जहाँबाट दुध संकलन हुन्छ भने पाँच स्थानमा चिस्यान तथा बिकी केन्द्र सञ्चालनमा छ। 

संस्थामा काम गर्दै जादा विगतमा र भविष्यमा आउने अप्ठ्यारालाई हाम्रो टिमले अहोरात्र खटेर दुग्ध उत्पादक कृषकको मनोबललाई उच्च बनाउने गरी काम गर्दै आएका कारणले मिल्क होलिडे चलिरहेको वेलामा समेत हामी कृषकका दुध संकलन गर्न सफल रहेको केन्दीय दुग्ध सहकारी संघ लि. नेपालका सचिवसमेत रहेका बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले बताए। 

उनले भने, ‘निजगढ निकट भविष्यमा नै काठमाडौं–तराई ‘फास्ट ट्र्याक’, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्गका कारण निजगढ विकासको नयाँ चरणमा प्रवेश गरिरहँदा यसको फाइदा र बजार विस्तारका निम्ति हामी तयार गरिरहेका छाैँ।’ संस्थाले उद्योग सञ्चालन गरेर बागदेव ब्रान्डमा दुधका अतिरिक्त पनिर, बटर, दही, घिउ, खुवा उत्पादन गरिरहेको छ। 

यस संस्थाले पशुपालक कृषकका लागि ५० प्रतिशत अनुदानमा विभिन्न मेसिनेरी साम्रगी, पशु उपचार, पशु प्राविधिक, पशु आहार पशु किसान सञ्जय कोष, पशु स्वास्थ्य बिमालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुध संकलन र बिक्रीमा मधेश प्रदेशकै सर्वोत्कृष्ट संस्था भएकै कारण संघीय र प्रदेश सरकारबाट यसअघि संस्थाले पटक–पटक सम्मानसमेत प्राप्त गरेको छ।