१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बारामा सरकारले बाँडेको मकैमा दाना नलागेपछि किसान चिन्तित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:o८:oo

बाराको किसानहरूले लगाएका विशेष गरी बन्नी, ड्रेगन, स्रेस्ता, सिपी ८३८, अरुण–२, ३३५५, ३१५५, १२५५ र ९०८१ लगायतका हाइब्रिड मकै लगाएका किसानको मकैबालीमा दाना नलाग्दा समस्या देखिएको हो । बाराको निजगढ, कोल्हवी, सिम्रौनगढ नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, बारागढी, करैयामाई गाउँपालिकालगायतका स्थानमा लगाइएको मकैबालीमा दाना नलाग्दा किसानहरू चिन्तित छन्।

बोटमा मकैको घोगा तयार भएजस्तो देखिए पनि भित्र भने एउटा पनि दाना छैन । बाली नै नलागेपछि किसानले मकैबाली जोतेर अर्को खेती गर्ने तयारी थालेको कोल्हवी नगरपालिका ६ कि किसान भगवती पासवानले गुनासो गरिन्। ‘हामीले लगाएको हाइब्रिड जातका मकैको बिउ कृषि प्राविधिकको सिफारिस गरेका थिए, तर अहिले एउटा पनि बोटमा दाना लागेको छैन।’

यता बाराको जितपुरसिमरा उपमहानगरपालिका ११ का किसान धनीराम चौधरीले पनि आफ्नो र केही छिमेकीको मकैबालीमा यस्तै समस्या देखिएको बताए । किसानले गत वर्षको मकैबालीलाई जस्तै यस वर्ष पनि भिटामिन, मल, कीटनाशक औषधिको प्रयोग गर्नुको साथै आवश्यक सिँचाइसमेत गरेको चौधरीको भनाइ छ । मकैका घोगामा दाना नलागेपछि मकै बाली उत्पादनमा गरिएको लगानी खेर गएको भन्दै कृषकहरू निराश हुन थालेका छन्। 

केही समयअघि मात्र किसानको मकैबालीको घोगामा दाना नलागेपछि केन्द्रीय अनुगमन टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। बाराका किसानहरूले लगाएका हिउँदे हाइब्रिड मकैमा दाना नलाग्ने समस्या देखिएपछि अनुगमनका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयबाट विज्ञहरूको टोली बारा पुगेकाे थियो।

सरकारले सूचीकृत गरी राजपत्रमा प्रकाशित उन्नत जातको मकैको बिउमा दाना नलागेको समस्या देखिएपछि राष्ट्रिय बिउबिजन समितिका सदस्य सचिवको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार विज्ञहरूको टोली बारा आएकाे थियो। नेपाल सरकारले सूचीकृत गरेका हाइब्रिडको सबै जातको बिउमा यस्तो समस्या देखिएकाले कारण पत्ता लगाउन मन्त्रालयबाट राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीको नेतृत्वमा सातसदस्यीय विज्ञटोली बारा आएर समस्या देखिएका किसानहरूको खेतमा गएर मकैबाली स्थलगत अध्ययन गर्नुका साथै परीक्षणका लागि नमुना लिने काम गरेको टोली प्रमुख अधिकारीले बताए।

कात्तिक महिनादेखि मंसिर महिनाको पहिलो हप्तासम्म लगाएको हरेक जातको मकैबालीमा समस्या देखिएकाले प्रारम्भिक चरणको अनुसन्धानले मौसमको कारण समस्या आएको देखिएको टोलीप्रमुख अधिकारीले उल्लेख गरे। 

अधिकारी नेतृत्वको टोलीमा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका अर्का वैज्ञानिक महेन्द्र त्रिपाठी, राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ बाली विकास अधिकृत उज्जवलकुमार सिंह, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका बाली विकास अधिकृत प्रकाश आचार्य र प्राविधिक सहायक हरि यादव रहेका छन्। टोलीले बारा, पर्सा, रौतहट र सर्लाहीका किसानहरूले लगाएको मकैबालीमा देखिएको समस्याको अनुसन्धान गरेका थिए।  
 

ad
ad