१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौंं
२०८० चैत १ बिहीबार १२:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरस्वती क्याम्पसमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
२०८० चैत १ बिहीबार १२:०५:००

 ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्स काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरको संख्या ६७ पुगेको छ । 

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन् । बैंकले देशभरका ३५४ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।