१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुरकाे नवाैँ अधिवेशन, नेतृत्वका लागि चार आकांक्षी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४४:oo

१ चैतदेखि नेकपा एमाले कञ्चनपुरको नवाैँ जिल्ला अधिवेशन हुँदै छ। अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दै छन्। पार्टी अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरेपछि बन्दसत्रमा प्रवेशसँगै नयाँ नेतृत्वको प्रक्रिया सुरु हुनेछ। 

एमाले नवाैँ महाधिवेशनपछि सबै तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णयअनुरूप कञ्चनपुरमा समेत नवाैँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन हुनेछ।  

एमाले कञ्चनपुरको नेतृत्व (अध्यक्ष)का लागि चार नेता आकांक्षी देखिएका छन्। अहिले एमाले कञ्चनपुरमा दुई गुटका चार नेता नेतृत्वको आकांक्षी देखिएको एमाले नेताहरूले बताएका छन्। कञ्चनपुरमा नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी छ। 

‘सकभर हामी नेतृत्व सहितका पदाधिकारी सदस्य सहमतीय आधारमै टुंगाे लगाउने प्रयासमा छौँ,’ ‘एमाले उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख कर्णबहादुर चन्दले भने, ‘सहमति जुट्ने अवस्था नआएको खण्डमा मात्रै चुनावी प्रक्रियामा जानेछ।’

प्रचारप्रसार विभाग प्रमुख चन्दले आगामी ०८४ मा हुने निर्वाचनमा जिल्लामा एमालेमयी बनाउनका लागि सहमतीय आधारमै नेतृत्व चयन गनुपर्ने पक्षमा बहुमत नेताहरू देखिएको बताए। 

एमाले कञ्चनपुर नेतृत्वका लागि पोलिटब्युरो सदस्यद्वय राजेन्द्रसिंह रावल र निरुदेवी पालनिकट नेताहरू देखिएका छन्। रावल समूहबाट अशोककुमार चन्द र हिरा चन्द (डायमण्ड) देखिएका छन् भने पाल समूहबाट पल्लवराज भट्ट र लक्ष्मी बुढा देखिएका छन्। 

०४६ साल विद्यार्थीबाट राजनीतिक यात्रा गरेका पल्लवराज भट्ट एमाले कञ्चनपुरका सचिव हुन्, उनले पनि जिल्ला अध्यक्षको नेतृत्वका लागि आकांक्षा राखेका छन्। ०५३ साल विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका लक्ष्मी बुढा अहिले उपाध्यक्ष एवं कावा अध्यक्ष हुन्, उनले स्वाभाविक रूपमै अध्यक्षको दाबी गरेकी छिन्। 

पाल समूहबाट अध्यक्षका लागि देखिएका भट्ट र बुढा ८ औँ अधिवेशनमा सचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए। रावल समूहबाट अध्यक्षका लागि देखिएका पूर्ववेदकोट नगरका मेयर अशोककुमार चन्द ८औँ अधिवेशनमा सचिवमा पराजित भएका थिए।
 
०४६ साल विद्यार्थीबाटै राजनीतिमा आएका अशोककुमार चन्द अधिल्लो अधिवेशनमा सचिव र अहिलेको अधिवेशनमा अध्यक्षको नेतृत्वका लागि देखिएका छन्। 

०४६ सालदेखि विद्यार्थीबाटै राजनीतिमा जोडिएका हिरा चन्द पनि देखिएका छन्। विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका उनी शैक्षिक, प्राज्ञिक क्षेत्रमा जोडिएका छन्। चन्दद्वय एमाले सुप प्रदेश सचिवालय सदस्य हुन्। एमाले जिल्ला कमिटीसहित चार सय ६४ जिल्ला प्रतिनिधिले पार्टीको नेतृत्व पदाधिकारी सदस्य छनाेट गर्न पाउनेछन्। 

ad
ad