१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २४ सोमबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

३ चैतबाट सुरु हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पूरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५१:oo

अगामी ३ चैतदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो।

मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ।

करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरु सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरुले पनि सहयोग गरिरहेको बताए। 

प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए। त्यस्तै प्रतियोगितामा खेलाडीका लागि विभिन्न विद्यागत पुरस्कार पनि राखिएको उनले जानकारी दिए। 

ad
ad