१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमजीको इभी चार्जिङ एप सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४३:oo

एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । कम्पनीले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकका लागि सुविधाजनक र प्रभावकारी एप ल्याएको हो । 

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनको लाइभ अपडेटका साथै चार्जिङ भुक्तानीमा सहजता पुर्‍याउने कम्पनीले जनाएको छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकाले एमजी जेड एस इभी र एमजीफो इभीका ग्राहकलाई विशेष फाइदा गर्ने कम्पनीको भनाइ छ ।

हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन रहेको र यो संख्या बढाउँदै जाने कम्पनीले जनाएको छ ।  

ad
ad