१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रमेश सुवेदी बिर्तामोड
२०८० फाल्गुण २८ सोमबार १७:२७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन

Read Time : > 1 मिनेट
रमेश सुवेदी, बिर्तामोड
२०८० फाल्गुण २८ सोमबार १७:२७:००

नाइजेरियन स्ट्राइकर अबायोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ। 

सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गरेकाे हाे। 

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्चको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे। चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो। टोली अपराजित रहँदै च्याम्पियन भयो। च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ। पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो।

खेलको १२औँ मिनेटमा फकुन्लेले पहिलो गोल गरे। गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रूपमा गोल गर्न सफल भएका हुन्। दोस्रो गोल ७२औँ फकुन्लेले नै गरे।

मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन्। तेस्रो गोल ८७औँ मिनेटमा भयो। वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे। विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन्।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेन। दुवै टोली मुख्य प्रशिक्षकविना मैदानमा उत्रिएका हुन्। चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुबेन राई थिए भने एपिएफको प्राविधिक क्षेत्रमा सुशील अधिकारी थिए।

यसअघि खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन। १८औँ मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनिस महर्जन गोल गर्न चुके। पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पन्च गरे। खेलको ८१औँ मिनेटमा एपिएफले सुन्दर अवसर गुमायो। विदेशी खेलाडी आन्द्रे थेरी बियिकको फ्रिकिक गोलकिपर दीपले पन्च गर्दै क्लिन सिट राख्न सफल भए।

चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन। ३१औँ मिनेटमा बिकु राईले हानेको प्रहार एपिएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए। ७२औँ मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जलले बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए।